Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विधान मस्यौदामा जुटेन सहमति, केन्द्रीय समितिमा लगिने

पार्टीको विधान मस्यौदाबारे नेपाली कांग्रेसले आगामी मंसिर पहिलो साताबाट केन्द्रीय समितिमा छलफल गर्ने भएको छ ।

सभापतिको अधिकार, सहित पदाधिकारीको संख्या, केन्द्रीय समिति, संसदीय समितिमा मनोनयन लगायत अधिकांश विषयमा मस्यौदा समितिमा सहमति हुन नसकेपछि पार्टीको विधानबारे केन्द्रीय समितिमै छलफल हुन लागेको हो । महामन्त्री पूर्ण बहादुर खड्का नेतृत्वको समितिले विधानको मस्यौदालाई अन्तिम चरणमा पुर्‍याएको दाबी गरेपनि अधिकाश विषयमा सहमति हुन बाँकी छ ।

असहमतिको बुँदालाई कायमै राखेर मंसिरका ५ गते केन्द्रीय समितिलाई विधानको मस्यौदा बुझाईने केन्द्रीय सदस्य एवं समिति सदस्य प्रदिप पौडेलले जानकारी दिनुभयो ।

महासमितिको बैठक अघि केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने भएकाले असहमति नै भएपनि विधानको मस्यौदालाई बुझाउन लागिएको पौडेलको भनाई छ । महासमिति बैठक भने आगामी मंसिर २८ गतेका लागि बोलाईएको छ ।

Source: ekantipur

कमेन्ट गर्नुहोस्

%d bloggers like this: