Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जुवा खेल्न नदिएको भन्दै प्रहरीमाथि आक्रमण; दुई अधिकारी घाइते

दैलेख, कार्तिक २४ । दुल्लू नगरपालिकाको मुख्य बजार किर्तिखम्बमा सडक अवरुद्ध गरी कौडा खेलिरहेको समुह र प्रहरीबीच शुक्रबार राति झडप हुँदा एक प्रहरी निरीक्षक र एक जना प्रसनि घाइते भएका छन् । प्रहरीले कौडा खेल्न नदिएपछिकरिब ४० जनाको समूहले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

झडपमा इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट घाइते भएका छन् । उनको टाउकोमा चार टाँका लगाइएको छ । साथै, प्रहरी सहायक निरीक्षक सुजन खड्काको समेत टाउकोमा गम्भीर चोट लागेको छ । घाइते प्रहरीको दुल्लू अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी र जुवाडेबीचको झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर समेत गर्नु परेको दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

दुल्लू ७ बाट निर्वाचित सदस्य सुर्यबहादुर थापाले जुवाडेको समूहलाई उचालेकोले विवाद बढेर झडप भएको प्रहरीले आरोप लगाएको छ । प्रहरीका अनुसार अधिकांशले मदिरा सेवन गरेका थिए ।

तिहारकोे समयमा कौडा खेल्ने चलन भएकोले खेल्न पाउनुपर्ने माग स्थानीयको रहेको थियो । खेलमा महिला, पुरुष र केटाकेटीसमेत समाबेश थिए ।

घटनाबारे अनुसन्धानको लागि दुल्लू पुगेका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्काेटासहितको टोलीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

नयाँ पत्रिकाबाट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: