Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकै दिनमा ओरालो लाग्यो ‘ठग्स अफ हिन्दोस्तान’को कमाइ, तैपनि यस्ता रेकर्ड

काठमाडौँ, कार्तिक २४ । आमिर खानका प्रशंसकहरूले दुई वर्षदेखि प्रतीक्षा गरिराखेको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ले पहिलो दिन रेकर्ड कमाइ गरेपनि दोस्रो दिनसाम्म आउँदा यसमा रेकर्ड गिरावट आएको बलिउड व्यापार विश्लेषकहरूले बताएका छन् ।

निकै प्रतीक्षा गरिएको भएपनि समीक्षकहरूले नकारात्मक टिप्पणीपछि ‘ठग्स…’को भाग्य दर्शकहरूको हातमा थियो । तर पहिलो दिनमा नै सिनेमा हेर्नेहरूले फिल्म समय र पैसाको बर्बादी मात्रै रहेको टिप्पणी गरेपछि यसको कमाइ ५२ करोडबाट एकै पटक २८ करोडमा झरेको छ ।

पहिलो दिन यसले गरेको कमाइ कुनै पनि बलिउड फिल्मका लागि सबैभन्दा बढी एक दिनको कमाइ हो । यस अघि यो रेकर्ड ‘ह्याप्पी न्यु इयर’को नाममा थियो । २०१४ मा रिलिज भएको यस चलचित्रले पहिलो दिनमा लगभग ४५ करोड कमाएको थियो ।

‘ठग्स..’लाई बलिउडमा बाहुबली-२ को प्रतिस्पर्धी मानिएको थियो । बाहुबली-२ ले सबै संस्करणबाट पहिलो दिनमा नै लगभग १५३ करोड कमाएर इतिहास रचेको थियो । रिलिज भैसकेपछि दर्शकहरूको सकारात्मक प्रतिक्रियाका कारण यसले भारतबाट मात्रै १४३० करोड कमाएको थियो जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा बढी हो ।

‘ठग्स…’लाई भने दर्शकहरूको नकारात्मक प्रतिक्रियाले ठुलो घाटा हुने देखिन्छ ।

तर पनि चाडबाडको सिजनमा भएको एडभान्स बुकिङका कारण यस फिल्मले सप्ताहान्त भित्रै सजिलै सय करोड कमाउने बताइएको छ । व्यापार अपेक्षाकृत नभएपनि यशराज फिल्म्सको ब्यानरमा निर्मित यस फिल्मले थुप्रै नयाँ रेकर्ड राखेको छ ।

‘ठग्स…’का केही रेकर्ड

१. हालसम्मकै सबै भन्दा महँगो चलचित्र

यो हालसम्म रिलिज भएकामध्ये सबैभन्दा महँगो चलचित्र हो । सुरुमा १८० करोड लागत लाग्ने भनिएपनि निर्माण कार्य सम्पन्न हुँदासम्म यसमा ३०० करोड खर्च भएको बताइएको छ ।

यसअघिको सर्वाधिक महँगो भारतीय चलचित्र ‘बहुबाली-२’मा २५० करोड रुपैयाँ लागेको थियो । यसको रेकर्ड भने यसै वर्ष रिलिज हुने भनिएको दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनित २.० ले तोड्ने छ । यो चलचित्र ५०० करोड खर्चिएर बनाइएको भनिएको छ ।

२. सर्वाधिक प्रि-बुकिङ

सुरुकै दिनमा २ लाख टिकटको एडभान्स बुकिङ भएको यस फिल्मले सर्वाधिक एडभान्स बुकिङ हुने भारतीय फिल्म बनाइदिएको छ ।

३. सबैभन्दा बढीमा बेचिएको डिजिटल एवं सेटेलाइट अधिकार

ड्यास फिल्मलाई टिभी तथा डिजिटल प्लेटफर्महरूमा प्रदर्शन गर्नका लागि १५० करोड खर्च गरिएको छ । यसले यो यस शीर्षक अन्तर्गत सर्वाधिक कमाइ गर्ने फिल्म बनिसकेको छ ।

४. सबैभन्दा बढी स्क्रीन

यो आजसम्मकै सर्वाधिक वढी स्क्रीनमा रिलिज हुने भारतीय फिल्म समेत बनेको छ । यसलाई विश्वभरि सात हजार बढी स्क्रीनमा रिलिज गरिएको बताइएको छ । यसअघि यो रेकर्ड ‘बाहुबली-२’को नाममा रहेको थियो । उक्त फिल्म ६५०० बढी स्क्रीनमा रिलिज भएको थियो ।

५. भारतीय बक्स अफिसमा सर्वाधिक ठुलो ओपनिङ

पहिलो दिननै ५२ करोड कमाएर यस फिल्मले पहिलो दिनमै सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको छ । यसअघि शाहरुख खान अभिनित ‘ह्याप्पी न्यु इयर’ ४५ करोडका साथ शीर्षमा थियो ।

६. पहिलो चोटी आमिर र अमिताभ एकै साथ

यस चलचित्रमा पहिलो पटक बलिउडक दुई दिगाज अभिनेता आमिर खान र अमिताभ बच्चनले पर्दा साझा गरेका थिए ।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: