फलामे खाेरमा पर्याे नरभक्षी चितुवा

अर्घाखाँची, कात्तिक २४ । अर्घाखाँचीमा एक चितुवा पासोमा परेको छ ।

केही दिनअघि भूमिकास्थान नगरपालिका–९, ढिकुराको प्याँलेमा ४ वर्षीय बालक आर्यन घिमिरेको नरभक्षी चितुवाको आक्रमणबाट ज्यान गएको थियो । त्यसपछि स्थानीयले चितुवा मार्न स्थानीय प्रशासनलाई आग्रह गरेका थिए ।

सोहीअनुसार जिल्ला प्रशासन कार्यालयले चितुवा मार्न प्रहरी परिचालन गरेको थियो ।

तर, चितुवा नभेटिएपछि तीन ठाउँमा फलामे खोर बनाइएको थियो । त्यही खोरमा शनिबार चितुवा परेपछि स्थानीय खुसी भएका छन् ।

याे पनि पढ्नुस  अर्घाखाँचीमा बस दुर्घटना, २५ जना घाइते

खोरमा परेको घाइते अवस्थामा रहेको चितुवा नरभक्षी चितुवा हो/होइन भन्ने परीक्षणका लागि जिल्ला डिभिजन वन कार्यालयमा ल्याइएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

यहाँ पछिल्लो पाँच वर्षमा २४ जना बालबालिकामाथि चितुवाले आक्रमण गरिसकेको छ । आक्रमणमा परी १८ जनाको ज्यान गएको छ ।

याे पनि पढ्नुस  अर्घाखाँचीमा एमालेद्वारा अखिल क्रान्तिकारीका सचिवालय सदस्यमाथि सांघातिक आक्रमण

चितुवा आतंक बढ्दै गएपछि सन्धीखर्क, किमडाँडा, अर्घा, खाँचीकोट, ढिकुरा, नुवाकोटलगायतका स्थानीय बासिन्दा त्रसित छन् ।

जंगलको बाटो भएर स्कुल जानुपर्ने हुँदा यहाँका बालबालिका स्कुल जानै डराएपछि स्थानीयले जिल्ला प्रशासनमा गुनासोसमेत गरेका थिए ।

सन्धीखर्क, किमडाँडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट लगायत क्षेत्रमा चितुवाको बढी प्रभाव बढेको बताइएको छ ।

याे पनि पढ्नुस  अर्घाखाँचीमा गठबन्धन अगाडि, हेर्नुस् जिल्लाभरिको पछिल्लो अपडेट

चार वर्षयता नै पटक–पटक जीउधनको रक्षाका लागि भन्दै स्थानीयले आग्रह गरेपछि नरभक्षी चितुवा मार्न जिल्ला प्रशासनले अहिले सुरक्षाकर्मी परिचालन गरेको हो ।

अर्घाखाँचीमा निरन्तर चितुवाको आक्रमणबाट ठूलो मानवीय क्षति भएपछि स्थानीयले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्नसमेत माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्