अर्काकी श्रीमती भगाएपछि ग्याङफाइट, १२ जना घाइते

रामेछाप, कार्तिक २४ । अर्काकी श्रीमती भगाएपछि दोहोरो झडप हुँदा रामेछापमा १२ जना घाइते भएका छन् । घाइते मध्ये आठ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

मन्थली नगरपालिका–७, भटौलीमा अर्काकी श्रीमती भगाएको भन्दै दोहोरो झडप हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।

याे पनि पढ्नुस  आगलागीमा परी ११ महिने बालकको मृत्यु

झडपमा परी सोही ठाउँका खेमबहादुर माझी, सन्तोष माझी, पूर्णबहादुर माझी, समिर माझी, मिलन माझी, सोममाया माझी, चन्द्रमाया माझी, मिलन माझी, रामकुमार माझी, श्रीलाल माझी र लालबहादुर माझी घाइते भएका छन् ।

उनीहरु मध्ये चारजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ भने ८ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  रामेछापमा जिप दुर्घटनाः दुईको मृत्यु, सातजना गम्भीर घाइते

घाइते हुनेहरु सबै अर्काकी श्रीमती भगाउने पक्षधरका युवाहरु रहेको प्रहरी निरीक्षक शेख अदालतले बताए । उनले अर्को पक्षका पनि केही युवाहरु सामान्य घाइते भएको जानकारी दिए ।

उनले घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई जिल्लाका विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्