Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लेखा प्रणालीकाे विकास, सिद्धान्त र नेपाली श्रेस्ता प्रणाली

१ विनियोजन स्रेस्ता वि.सं.२०१८/०१९देखि प्रचलनमा
२ जिन्सी स्रेस्ता वि.सं.२०२० देखि लागू
३ राजस्व स्रेस्ता वि.सं. २०३१/०३२ (२०६३ देखि दोहोरो लेखामा)
४ धरौटी स्रेस्ता २०४५देखि सुरु
५ आयोजना स्रेस्ता २०५२/०५३ देखि
 बिनियोजन लेखा/स्रेस्ता

स्वीकृत बजेटको आधारमा विभिन्न शिर्षकहरुमा छुट्याइएको बजेट रकम खर्च जनाउने,निकासा प्राप्त रकम आम्दानी जनाउने र यी कार्यको प्रतिबेदन गर्ने कार्यका लागि तयार पारीएको लेखा प्रणालीलाई नै बिनियोजन स्रेस्ता प्रणाली भनिन्छ ।

दोहोरो लेखा प्रणाली भनेको के हो ?

आर्थिक कारोबारमा संलग्न दुबै पक्षको अवस्थालाई देखाउने गरी राखिने लेखालाई दाहोरो लेखा प्रणाली भनिन्छ । दोहोरो लेखामा कारोबारलाई डेविट र क्रेडिट महलमा राखिन्छ र डेविट र क्रडिटको जम्मा रकम बरावर हुनु  पर्दछ । दोहोरो लेखाप्रणलीका जन्मदाता ल्युका पेशीओलीलाई मानिन्छ । दोहोरो लेखाप्रणाली इटालीका ल्युका पेशीओलीद्धारा सन् १४९४ मा सामा द अर्थमेटिका(Summa de Airthmetica) नामक पुस्तक मार्फत सार्वजनिक गरीयो । उदाहरणका लागि कुनै सवारीसाधन खरिद गर्दा साधन भित्रिने र नगद बाहिर जान्छ । यसले नगद खाता र सवारी साधन खातामा दुबैतिर प्रभाव पार्छ । त्यसैले यस्तो प्रणालीलाई दोहोरो लेखा प्रणाली भनिएको हो ।  
यसका विशेषताहरु देहाय बमोजिम उल्लेख गरिएको छ ।
    १. दोहोरो प्रभाव
    २. बराबर प्रभाव
    ३. परिवर्तनशिलता
    ४. वैज्ञानिक
    ५. सरल लेखापरीक्षण
    ६. व्यापक प्रयोग
नेपाल सरकारको लेखाप्रणालीको सवल र दुर्वल पक्षहरू:-

सवल पक्षहरू:-
•    विकेन्द्रित भुक्तानी केन्द्र,
•    चालु कोषको व्यवस्था,
•    निकासा प्रणाली जिल्लास्तरबाटै,
•    FMIS, RMIS
•    केन्द्रीय हिसावका लागि म.ले.नि.का.को ब्यवस्था

कमजोर पक्षहरू:-
•    नगदमा आधारित (सम्पूर्ण सम्पत्ति दायित्वको चित्रण गर्न नसक्नु)
•    जिन्सी स्रेस्ता  Double Entry मा भएन ।
•    आवश्यकताभन्दा वढी Decentraalised,
     o    केन्द्रीय विवरण तयार पार्न गाह्रो ।
     o    अर्थ, महालेखा, ने.रा.बैंक बीच कमजोर समन्वय (हिसाबै नमिल्ने)
     o    भुक्तानी केन्द्र वढी ।
•    Control मुखी तर परिमाणमा जोड दिन सकिएन ।
•    सवै वैदेशिक सहायतालाई समेट्न नसकिएको ।
•    पेश्कीलाई खर्च देखाइने ।
•    Matching Concept लागू गर्न कठिन ।
•    लेखा फाराम क्लीष्ट भए ।
•    IT friendly भएन ।
•    सरकारी सम्पत्ति संरक्षण गर्न असफल ।
•    वढी नियन्त्रणमुखी ।
•    सबै खालको सहयोग समेट्न नसकेको ।
लेखा प्रणालीका सिद्दान्तहरू:-

लेखा प्रणालीसँग सम्बन्धित व्यक्तिहरूले पालन गर्नेपर्ने मार्गदशक सिद्धान्त नै लेखा प्रणालीका सिद्घान्तहरू हुन् । लेखा प्रणालीका केहि प्रमूख सिद्धान्तहरु यस प्रकार छन् ।
1.    Periodic Principle
2.    Principle of Dual Effect
3.    Principle of Moneitary Measurement.
4.    Principle of Cost
5.    Principle of matching concept
6.    Principle of consistency
7.    Principle of Entity (Business Entity) व्यवसाय र यसको मालिक अलग हुन् ।
8.    Principle of Accural Accounting.
9.     Principle of Realization (वास्तविक प्राप्तिलाई आधार मान्नुपर्छ)  
प्रचलन/ परम्पराहरु:

क) सुरक्षाको परम्परा
ख) पूर्ण पारदर्शिता
ग) एकरुपता
घ) सान्दर्भिकता

  कार्यसंचालनस्तरको लेखा परिचय :-
    सरकारी कार्यालयहरुले कार्य संचालन गर्ने क्रममा खर्च गर्दा ,आम्दानी गर्दा वा धरौटिमा रकम जम्मा गर्दाको अवस्थामा कारोवार गर्ने निकायमै राखिने लेखालाई नै कार्य संचालन स्तरको लेखा भनिन्छ । सरकारी लेखालाई केन्द्रीयस्तर र कार्य संचालन स्तर गरि बिभाजन गरेर हेर्दा कार्य संचालन लेखाको बास्तबिक रुपमा कार्य संचालन गर्ने क्रममा राखिन्छ र यसको प्रतिबेदनको आधारमा केन्द्रीय लेखा राख्ने गरिन्छ । केन्दीय लेखा बिशेष गरी नीति निर्माण गर्नका लागि आवश्यक सूचना दिन ,कार्य संचालन लेखालाई समन्वय गर्न ,नियन्त्रण गर्न राखिन्छ । कार्यसंचालन लेखा वास्तविक कामसँग सम्बन्धित हुन्छ । जिल्ला,क्षेत्र ,अञ्चलस्तरिय कार्यालयहरु ले कार्य संचालन स्तरको लेखा राख्दछन । विभाग र मन्त्रालय र अन्य केन्द्रीय स्तरका  कार्यालयहरुले केन्द्रीय लेखाका अतिरिक्त आफ्नो निकाय संचालनार्थ गरिने आर्थिक कारोवारको कार्य संचालन लेखा समेत राख्दछन ।

कार्यसंचालनस्तरको लेखाका कार्यहरु:-
•    प्रत्यक्ष कार्यसम्पादनका विन्दुमा खर्च गर्नु ।
•    लेखांकन गर्नु ।
•    प्रतिवेदन गर्नु ।
•    Budget निर्माणमा सहभागि हुनु ।
•    केन्द्रीय लेखाका लागि आवश्यक सूचना र तथ्याङ्क प्रदान गर्नु,
  केन्द्रीयस्तर लेखा प्रणालीको परिचय:-
केन्द्रीयस्तरका निकायहरुले प्रतिवेदन गर्ने गरी राकेन्द्रीयस्तरका निकायहरुले प्रतिवेदन गर्ने गरी राखिने अभिलेखलाई केन्द्रीयस्तर लेखा भनिन्छ ।
केन्द्रीयस्तर लेखा विशेष गरी नीति गरी नीति निर्माण गर्नका लागि आवश्यक सूचना दिन, कार्य सञ्चालन लेखालाई समन्वय गर्न, नियन्त्रण गर्न राखिन्छ ।
•    वित्तिय नियन्त्रण
•    आर्थिक क्रियाकलापविच समन्वय
•    अनुगमन/मूल्याङ्कन
•    कार्यसंचालन स्तरका कार्यालयको वजेट खर्च र निकासा सम्वन्धमा एकीकृत हिसाव राख्ने लेखा ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: