Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपराष्ट्रपतिबाट मह जोडी सम्मानित

काठमाडौं, कार्तिक २४ । मह जोडी अर्थात हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित भएका छन् । नेता गणेशमान सिंहको १०४औं जन्मजयन्तीको अवसर पारेर उनीहरु सम्मानित भएका हुन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान रहेको भन्दै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरेका हुन् ।

पुनले सम्मानित मह जोडीलाई उनीहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे । उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण गरे ।

राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानबारे स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: