Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शिलान्यास गरिएको २१ वर्षपछि कांग्रेसको भवन बन्यो !

काठमाडौं, कार्तिक २४ । देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ । ‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो ।

काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको आज १०४ औं गणेशमान जयन्तीका अवसरमा कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरे । २१ वर्षअघि यो भवनको शिलान्यास पनि उनले नै गरेका थिए ।

शिलान्यास भएको २१ वर्षपछि निर्माण सम्पन्न भएकाले कति खर्च लाग्यो भन्नेसमेत काग्रेस काठमाडौंका नेतालाई थाहा छैन । सभापति कृष्ण सबुज बानियाँले यस अवधिमा धेरै जनाले जिल्लाको नेतृत्व सम्हालेकाले कति खर्च भयो भन्ने थाहा नभएको जानकारी दिए ।

सो अवसरमा नेता सिंहले कार्यालय भवनमा विद्युतीय पुस्तकालय निर्माण गरिनुपर्नेमा जोड दिदैं विश्व परिवेशमा आउने नयाँ नयाँ चिन्तन प्रविधिका माध्यमबाट नेपालीलाई जानकारी गराउने उद्देश्यले यस्तो पुस्तकालय आवश्यक भएको बताए ।

‘राजधानीमा महँगी र प्रदुषण बढ्दै गएको छ, यसका विरुद्ध काठमाडौं काङ्ग्रेसले दबाब दिने कार्यक्रम गर्नुपर्छ, केन्द्रकै मुख ताकेर बस्नुपर्दैन, पार्टी लोकतान्त्रिक तरिकाले चल्नुपर्छ, बैचारिक स्पष्टता समेत जरुरी छ’ उनले भने ।

नेता सिंहले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै संविधान जारी गर्ने जिम्मेवारी आएजस्तै विकास र समृद्धिको नेतृत्व कांग्रेससकै काँधमा आउने भएकाले तयारी शुरु गर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

नेता नवीन्द्रराज जोशीले काङ्ग्रेस महासमिति बैठक तीन पटक सरिसकेकाले अब तोकिएकै समयमा गर्न नेतृत्वसँग माग गरे । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: