Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाली स्वाभिमानलाई कसैले पनि गिराउन सक्दैनः मन्त्री अधिकारी

सिन्धुली, कार्तिक २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपाली स्वाभिमानलाई कसैले पनि गिराउन नसक्ने बताएका छन् । ऐतिहासिक स्थल सिन्धुलीगढीमा आयोजना गरिएको २५१ औं विजय दिवसलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

नेपालीको वीरताको गाथा बोकेको सिन्धुलीगढी पछि परेको भन्दै मन्त्री अधिकारीले स्थानीय सरकारले बनाएको गुरुयोजनाअनुसार पुनःनिर्माणको काम गर्न आग्रह गरे ।

नेपाल भौगोलिक अवस्थाले धेरै सम्पन्नता भएको देश र यसलाई सही तबरले परिचालन गरे रोजगारी, आम्दानी पर्यटनबाटै सिर्जना गर्न सकिने उनको भनार्इ थियो । मन्त्री अधिकारीले निजी क्षेत्रसँग सहकार्य गरेर नेपालका धेरै स्थललाई पर्यटकका लागि गन्तव्य स्थलका रुपमा सरकारले विकास र विस्तारमा जोड दिएको जानकारी दिए । साथै, उनले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा आफू लागेको बताए ।

‘सुखी नेपाली र समृद्ध नेपाल’को सपनालाई साकार बनाउन ओझेलमा परेका र सम्भावना भएका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र विस्तार सरकारले गर्ने लक्ष्य लिएको बताए ।

अहिले पहिलो पटक पर्यटकीय स्थलको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको भन्दै जीर्ण अवस्थामा रहेको दरबारको तत्काल पुनःनिर्माण कार्य शुरु गर्न कमलामाई नगरपालिकालाई निर्देशन दिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: