Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सरकारबारे आएका नकारात्मक टिप्पणी गलत हुन्ः मन्त्री जम्मकट्टेल

भक्तपुर,कार्तिक २४ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारले जनअपेक्षाअनुसार नै काम गरिरहेको बताएका छन् ।

आइतबार शङ्खधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मध्यपुरथिमिको बालकुमारीमा आयोजित ११औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारकाबारेमा आएका नकारात्मक कुरा गलत भएको बताए ।

मन्त्री जम्मकट्टेलले भने, ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारबारेमा कतिपय नकारात्मक कुरा बाहिर आएका छन्, ती टिप्पणी गलत हुन्, सरकारले राम्रो र उदाहरणीय काम गरिरहेको छ, यस्ता कुरालाई बाहिर ल्याउनुपर्छ ।’

सहकारीलाई आर्थिक समृद्धिको अभियानका रुपमा अघि बढाउन सोहीअनुसार प्रदेश कानून बनाउने तयारी भइरहेको उनको भनार्इ थियो । सहकारीको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजानुपर्नेमा जोड दिँदै मन्त्री जम्मकट्टेलले हरेक सहकारीको ५० प्रतिशत पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने गरी प्रदेश सरकारले कानूनी व्यवस्था ल्याउन लागेको बताए ।

कार्यक्रममा प्रदेश सांसदद्वय डा. राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायतले सहकारीलाई नागरिकको सीप र समृद्धिसँग जोड्नुपर्ने बताए ।

सहकारीका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीविद् कैलाशभक्त प्रधानाङ्ग, संस्कृतिकर्मी हरिबहादुर कैती श्रेष्ठ र हीराकाजी लामा श्रेष्ठ र क्योकुसिन कराते खेलाडी प्रेमनाथ जगुलु श्रेष्ठलाई सम्मान गरिएको थियो । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: