Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अपाङ्गताले रोकेन स्वरोगार बन्न

बर्दिया, कात्तिक २५ ।

कुनै बेला घरपरिवार र समाजले बोझको रूपमा लिँदै हेला गरी अमानवीय व्यवहार खेप्दै आएका मधुवन नपा–२ ओराली बजारका अपाङ्गता भएका दम्पती स्वरोजगार गर्दै आत्मसम्मानका साथ जिउन सफल भएका छन्- ती अपाङ्गता भएका दम्पती हुन् ३५ वर्षीय लक्ष्मण थारू र ४० वर्षीया इन्द्राणी थारू ।

उनीहरुको समय बिहान उठेदेखि साँझ अबेरसम्म खाजा घरमै काम गर्दै बित्छ । तीन छोराका आमा-बाबुसमेत बनिसकेका उनीहरुले आफ्ना सन्तानको पालनपोषण, शिक्षा लयायत जिम्मेवारीले पनि अपाङ्गताको बाबजुद काममा व्यस्त हुन्छन् । पसलबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म कमाई हुने गरेको लक्ष्मण थारूले बताए ।

प्राय अपाङ्गता भएका व्यक्तिहरु अरुकै सहरामा बाँच्ने र आफूमाथि हुने अमानवीय व्यवहार सहन नसकी निरस जीवन जिउन बाध्य भएको लक्ष्मणका दम्पतीले देखेका छन् । तर उनीहरु कर्मलाई जीवनको आधार मान्दै आफूले सक्ने कर्म दैनिक रूपमा आफ्नै खाजा घर पसलमा गर्दै आएका छन् ।

त्यसैले त कहिले पनि कसैको अगाडि हात फैलाउनु परेको छैन । स्थानीय समाजसेवी अगुवा राजबहादुर चौधरी भन्छन्, “लक्ष्मणका दम्पती एउटा उदाहरण हुन् । अपाङ्गता भएर पनि आफूले गर्न सक्ने काम गरी आत्मनिर्भर बनेका छन् ।”

खाजा घरमा बिहान सबेरैदेखि नै चिया नास्ता खाने मानिसको भीड लागेको हुन्छ । दिउँसो पनि ग्राहकको आउने जानेको कमी हुँदैन । लक्ष्मण थारूको बाँया खुट्टा सुकेर हिँड्न समस्या छ । उनी जन्मदा सामान्य मानिससरह सबै ठिकै थियो । तर पछि उमेर बढ्दै जाँदा अचानक बिरामी परेपछि उपचारपछि निको त भए तर बाँया खुट्टा सुक्दै गयो । धेरै उपचार गराए पनि पहिलेजस्तो भएन । बुबाआमाको रेखदेखमा हुर्कदै ५ कक्षासम्मको पढाइ सके । सधँै उनको लागि समय एकनासको रहेन । दाजुभाइ घरबाट अलग भएपछि भने समस्या हुन थाल्यो, पढाइ छुट्यो । सोही बेला बुबाले चिया नास्ता र मिठाइ पसल गर्दै आउनुभएको थियो । त्यतिबेलासम्म जीवनका बारेमा केही सोचेका पनि थिएनन् उनले ।

तर बृद्ध बुवाले छोरा पसलमा चिया, नास्ता, मिठाइ बनाउन सिक जीवन जीउन सहयोग पुग्छ भनेपछि सिक्न थालेका उनलाई सोही सीपले अहिले गरी खान सहयोग पुगेको छ । त्यसैमा सहयोगी पाएका छन् श्रीमती इन्द्राणी थारूलाई । इन्द्राणी पनि शारीरिक अपाङ्ग छिन् । उनी पनि सानो छँदा सबै ठीकै थियो । करीब १२ वर्ष पुगेपछि बिरामी परिन् । धेरै उपचार गरेपनि ठिक भएन । उल्टो मेरुदण्डमा समस्या आई ढाड कुप्रो पर्दै गयो र उनी अपाङ्ग हुनुप¥यो । उनीलाई पनि परिवारले बोझको रूपमा व्यवहार गर्न थाल्यो ।

लक्ष्मण र इन्द्राणीले अपाङ्ग भएपछि परिवार र समाजले गर्ने नकारात्मक व्यवहारको तीतो अनुभव भोगेका छन् । यही भोगाइको बीचमा उनीहरुले अर्काको पीडासँग सहयात्री बन्न १७ वर्ष अगाडि विवाह गर्नुभयो र शुरु भयो लक्ष्मणकै बुबाले चलाउँदै आएको नास्ता पसलमा सङ्घर्षपूर्ण दैनिकी ।

ओराली बजारमा २० वर्षदेखि लवकुश खाजा घर घरेलु तथा साना उद्योग र आन्तरिक र राजश्व कार्यालयमा दर्ता गरेर चलाउँदै आएका छन् । इन्द्राणी भन्छन्, “सम्पत्ति जोड्न त सकिएको छैन, पाँच जनाको परिवारलाई खान-लाउन पुगेको छ । तीनवटै छोरालाई स्कूल पढाउन सकेका छौँ ।” रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: