भीरबाट खसेर किशोरीको मृत्यु

अछाम, कात्तिक २५ ।

अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो । घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले जनाएको छ ।

याे पनि पढ्नुस  दैनिक आठ सय जान्छन्, चारको शव आउँछ

भीरबाट करीब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको बताइएको छ ।

उनीसँगै उनकी आमा र भाउजु पनि घाँस काट्न गएका थिए । मृतक चलाउने विद्या मन्दिर मावि विनायकमा कक्षा ९ मा अध्ययनरत रहेको उनका बुबा मीनबहादुर चलाउनेले बताए । रासस

कमेन्ट गर्नुहोस्