अमेरिकामा ‘छक्का पन्जा–३’ ले बनायो नयाँ रेकर्ड

नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पन्जा ३’ ले एकपछि अर्को रेकर्ड बनाउदै गइरहेको छ । देशभित्र मात्र नभई विदेशमा पनि चलचित्र ‘छक्का पन्जा ३’ को माग थेगी नसक्ने गरी बढेको छ ।

नेपाली चलचित्रको सबै भन्दा ठुलो बिदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ । अमेरिकामा यसअघि रिलिज भएका छक्का पन्जा, छक्का पन्जा–२ र लूट–२ को ३ हप्तासम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई ‘छक्का पन्जा ३’ ले तोडिदिएको छ ।

याे पनि पढ्नुस  ‘छक्कापञ्जा–२’ को यात्राको गीत खिच्दै दिपाश्री र दिपक याङ्जाकोट पुगे

नैपालीहरुको बाक्लो बसोबास हुदै गरेको अमेरिकाको डालस टेक्सास मा अहिले ‘छक्का पन्जा ३’ ले विदेशी भूमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली चलचित्र बनी नयाँ रेकर्ड बनाएको छ ।

चलचित्रले हालसम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भैरहने जानकारी डालसका लागी अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस् ले जनाएको छ । डालसका लागी अधिकारक वितरक एबम गत वर्ष ग्लोबल नेपाली फिल्म अवार्डमा उत्कृष्ट डाइसपोरा वितरकको अवार्ड हात पार्न सफल कम्पनि नेप्सिनेका सीइओ रायन रेज भन्छन्– ‘चलचित्र छक्का पन्जा –३ को सफलता ले हामी नेपाली चलचित्र प्रदर्शकलाई नयाँ हौसला मिलेको छ र निकट भविष्यमा यसले नेपाली चलचित्रको बिदेशी बजारमा दिर्घकालिन प्रभाव पार्ने छ। यो रेकर्डसंगै अब भने नेपाली चलचित्रले देशभित्र मात्र नभई बिदेशी भुमिमा समेत प्रभाव बढाएको छ ।

याे पनि पढ्नुस  चलचित्र ‘आरोप’ पहिलो गीत ‘एक्सिडेन्ट् भयो दिल यो’ को भिडियो सार्वजनिक

 

दिपाश्री निरौला द्वारा निर्देशित चलचित्र छक्का पन्जा ३ मा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र छक्का पन्जा ३ लाई अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनिले अधिकारिक रुपमा वितरण गरेका हुन् ।

याे पनि पढ्नुस  चलचित्र ‘गोपी’ पहिलो गीत ‘लक्ष्मी कहिले काली’ युट्युबमा सार्वजनिक (भडियोसहित)

कमेन्ट गर्नुहोस्