Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तोलामा कतिले घट्यो सुनचाँदीको मूल्य ?

काठमाडौं, कार्तिक २५ ।

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको एक हजार रुपैयाँले घटेको छ ।

शनिबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शनिबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला पन्ध्र रुपैयाँले घटेको छ ।

शनिबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: