स्ट्याण्डर्ड बैंकले लाभांश वितरण गर्ने घोषणा

काठमाडौं, कार्तिक २५ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले गतबर्षको नाफाबाट प्रतिशेयर १७ रूपैयाँ ५० पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कार्तिक २४ गते बसेको संचालक समितिको ३७६ औं बैठकले उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  दोस्रो तैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंककाे नाफा ३७ प्रतिशत

बैंकको घोषित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने छ । बैंकले अघिल्लो आर्थिक बर्षको नाफाबाट आफ्ना शेयरधनीलाई सबैभन्दा बढी १०० प्रतिशत बोनश शेयर वितरण गरेको थियो । त्यस्तै बैंकले ५.२६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो ।

याे पनि पढ्नुस  दोस्रो तैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंककाे नाफा ३७ प्रतिशत

यो वर्ष वाणिज्य बैकहरूले नगद लाभांश मात्र दिने क्रम बढाएका छन् । यसअघि सानिमा र एभरेष्टले पनि लाभांशमात्र घोषणा गरिसकेका छ ।

मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्