Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कलाकार सरोज खनालको पहलमा गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई चेक हस्तान्तरण

चर्चित अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बिच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।

अमेरिकामा अक्टोबर १३ मा केसी डान्स सेन्टरले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर ,महेन्द्र कुवर बाट ५०० डलर र समाजसेवी श्याम बजिमायाबाट १०१ डलर गरि जम्मा भएको एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाको चेक गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्मालाई प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले दशैंमा अमेरिका गएको बेला त्यहाँ गरिएको सस्कृति कार्यक्रमबाट उठेको पैसा केसी डान्स सेन्टरका संस्थापक द्वय नविन केसी तथा लुना श्रेष्ठ मार्फत आफुलाई यस केन्द्रमा सहयोग गर्न प्रदान गरिएको र अन्य व्यक्तिबाट पनि केही रकम सहयोग भएको हुदाँ यस गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गर्न पौड खुशी लागेको बताए ।

कार्यक्रममा खनालले चेपाङ्ग बालबालिकालाई पढेर ठुलो मान्छे बन्नुपर्छ भन्दै शिक्षा भन्दा ठुलो केही नहुने भन्दै यस केन्द्र ले यसरी चेपाङ्ग बालबालिकालाई शिक्षा दिएकोमा अध्यक्ष केपी किरण शर्मालाई धेरै धेरै धन्यवाद दिदै फेरि–फेरि सहयोग गर्ने समेत बताए ।

गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्माले यसरी नै विभिन्न व्यक्तिको सहयोगले यो केन्द्र यहाँसम्म आएको भन्दै सहयोग गर्ने सबै हातलाई धेरै धेरै धन्यवाद दिए । अहिले १३२ जना चेपाङ्ग बालबालिकालाई शिक्षा तथा बस्न खानको सम्पूर्ण व्यवस्था गरेको केन्द्र बाट करिब ४०० भन्दा बढी चेपाङ्ग बालबालिकालाई शिक्षा दिएको बताए ।

कार्यक्रममा स्कुल हेडमास्टर रामबहादुर थापामगर ,समाजसेवी हरि केसी, पत्रकार रवि रोजी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा चेपाङ बालबालिकाले उपस्थिति सबैलाई आफ्नो समुदायको निकै मार्मिक गीत सुनाएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: