सुदूरपश्चिममा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प

दार्चुला, कार्तिक २५ । सुदूरपश्चिमका पहाडी जिल्लामा आज दिउँसो भूकम्प गएको छ । १२ बजे ५२ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलकोत्यसको ७ मिनेटपछि भूकम्प गएको छ ।

भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट १६ किलोमिटर टाढा भारतको खेला केन्द्र बिन्दु बनाएर भूकम्प गएको जनाएको छ। पराकम्पनको केन्द्रबिन्दु मापन गरिरहेको मापन केन्द्रले जनाए।

भूकम्पको धक्कासँगै घरभित्र रहेकाहरु हतार–हतारमा बाहिर निस्किरहेका थिए। भूकम्पबाट क्षति भएकोबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्