Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दीपिका र रणवीरको विवाहमा पाहुनालाई मोबाइल निषेध !

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह मिति नजिकीदै छ । र, उनीहरु त्यहीँ अनुसार तयारी गरिरहेका छन । दीपिका र रणवीरको विवाह यही १४-१५ नोभेम्बरमा हुँदैछ । उनीहरु विवाहका लागि इटाली पुगी सकेका छन् ।

दीपिकालाई विवाहका लागि तयार पार्न उनका विशेष हेयर स्टाइलिस्ट अमित ठाकुर र गबरैल जर्जियो पनि इटाली गइसकेका छन् । उनीहरुका साथै दीपिकाका म्यानेजर करिश्मा प्रकाश पनि विवाहको लोकेसनका लागि त्यहाँ प्रस्थान गरेका छन् ।

यो विवाहमा झण्डै ३० जना पाहुना सहभागी हुने खबर छ । तर उनीहरु कसैलाई पनि विवाहस्थलमा मोबाइल लैजान निषेध गरिएको छ । विवाहको तस्बिर क्लिक नहोस् भनेर यस्तो गरिएको हो ।

उनीहरुको विवाह इटालीको आलीशान विला डेल बालडियानेलोमा हुनेछ । समुन्द्र र इन्द्रधनुषको सुन्दर दृष्य रहेको यो ठाउँ आफ्नो बनावटका कारण सबैलाई आकर्षित गर्छ । यो होटलमा यसभन्दा पहिले पनि थुप्रै स्टारहरुको विवाह भइसकेको छ ।

आफ्नो भव्यता र सुन्दरताका कारण यो होटल निकै महंगो पनि छ । यो होटलमा एक दिनवापतको १५ लाख देखि ४० लाख नेपाली रुपैयाँसम्म तिर्नुपर्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: