Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब कैलालीमा महाकालीको शुद्ध खानेपानी आउँछः सांसद भट्ट [भिडियाेसहित]

कैलाली, कार्तिक २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री लेखराज भट्टले कैलालीको खानेपानी समस्या चाँडै समाधान हुने बताएका छन् । जिल्लाको गोदावरी नगरपालिका-५ मा आयोजित वडास्तरिय भेटघाटमा उनले यस्तो बताएका हुन् ।

 

सांसद भट्टले भने, ‘खानेपानीका लागि कैलालीमा हामीले ठूलो प्रोजेक्ट हालेका छौँ, सुरु हुँदैछ अब । त्यो प्राजेक्ट हो महाकाली र कर्णालीबाट खानेपानी ल्याउने । विश्व बैंकसँग पनि यसबारे कुराकानी भइसकेको छ, प्राजेक्ट बन्या छ । अब हामी कहाँ महाकालीको शुद्ध खानेपानी आउँछ ।’

 

जिल्लामा खानेपानीको समस्या रहेकाले त्यसबारे तत्काल के गर्न सकिन्छ भन्नेबारे आफू लागिरहेको उनले बताए । सांसद भट्टले कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी खानेपानीका आयोजना परेको स्मरण गराउँदै खानेपानीको चिन्ता नगर्न जिल्लाबासीलाई आग्रह गरे ।

 

साथै, उनले कैलाली क्षेत्र नम्बर ४ लाई नमूना बनाउन योजनावद्ध तरिकाले काम गरिरहेको बताए । ‘क्षेत्र नम्बर ४ मा धेरै समस्या छन्, एकै चोटी त समाधान गर्न गाह्रो छ । तर, पनि क्रमश काम गर्दै जाउँ तपाइँहरु ढुक्क हुनुहोस् हाम्रो यो क्षेत्रलाई नमूना विकास क्षेत्र बनाउँछौं । राजधानी पनि यहाँ ल्यायौँ, त्यसले पनि यहाँको विकासमा महत्वपूर्ण योगदान दिन्छ ।’

 

त्यस्तै, सांसद भट्टले सुदूरपश्चिममा बजेट कसरी बढी ल्याउने भन्ने कुरामा आफ्नो ध्यान केन्द्रीत भएको बताए । उनले किसानका समस्या सामाधानको लागि सरकार गम्भीर रहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: