प्रतिवद्धता कार्यान्वयन गर्दै अघि बढिरहेका छौंः उपप्रधानमन्त्री

हिलिहाङ, कार्तिक २५ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारले गरेका प्रतिबद्धता क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।

पाँचथरको फिदिममा १३४औं फाल्गुनन्द जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनर यो मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्नेमा जोड दिए।

उनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन किराँत धर्मका मात्रै गुरु नभएर सबै नेपालीका साझा गुरु रहेको बताए । सामाजिक सद्भाव कायम गर्न महागुरु लिङदेनले गरेको योगदान अन्त्यन्तै प्रशंसनीय रहेको बताउँदै सरकारले उनलाई सदैव सम्मान गरिरहने उनको भनार्इ छ ।

याे पनि पढ्नुस  निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर्छौंः उपप्रधानमन्त्री पोखरेल

कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले मुलकमा धेरै कानून बनाउन बाँकी रहेको स्मरण गर्दै क्रमशः सरकारले संविधान कार्यान्वयन गर्दै लगेको स्पष्ट पारे ।

फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा बोल्दै गुरु आतमन्द लिङदेनले निरन्तर हत्या–हिंसाको बाटो बन्द गरी सदाचारको बाटोमा हिँडिरहन महागुरु फाल्गुनन्दबाट प्रेरणा पाइरहुँ भन्ने शुभकामना व्यक्त गरे । फिदिम–१ स्थित शिवालय छेउमा निर्माण गरिएको सबैभन्दा अग्लो फाल्गुनन्दको शालिक र सुम्हात्लुङ मन्दिरमा रहेको शालिकको अनावरण गरिएको थियो । -रासस

कमेन्ट गर्नुहोस्