Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना, तीनजनाको मृत्यु

उदयपुर, कार्तिक २४ । ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको बेलका नगरपालिका वडा नम्बर ८ बाट नजिकैको पिकनिक स्थलबाट बनभोज खाएर फर्कदै गरेको ट्याक्टर रंगमहलको उकालोमा दुर्घटना भएको हो ।

स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते ३ जनाको उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेकाहरूलार्इ स्थानीयले उद्धार गरी घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ५ जनासहित ३० जनालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: