Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जुम्लामा एकैदिन ३ महिला माथि बलात्कार !

सुर्खेत, कार्तिक २४ । यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ । यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र तिला गाउँपालिका–४ जुम्लाका दुई महिलाले आफू जबर्जस्ती करणीमा परेको उजुरी प्रहरीमा हालेका हुन् ।

पातारासीका पीडित महिलाको बयानका आधारमा जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका ४५ वर्षीय भैरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

तिला गाउँपालिकाका–४ जुम्लाका एकै घरका दुई महिला जबर्जस्ती करणीका चार आरोपित भने फरार रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए। कात्तिक १८ गते घरभन्दा करीब छ किलोमिटर टाढा घाँस काटेर बेलुका ७ः३० बजे फर्कदै गर्दा दुई मोटरसाइकलमा आएका चार जनाको समूहले आफूलाई जबर्जस्ती करणी गरेको किटानी जाहेरीसहितको उजुरी परिसकेको र फरार आरोपितको खोजी कार्यलाई तीव्रता दिइएको उनले जानकारी दिए ।

उनका अनुसार फरार अभियुक्त पक्राउ नपरेकाले नै नाम सार्वजनिक गरिएको छैन । यही कात्तिक १ गते तातोपानी गाउँपालिका–२ जुम्लाका एक महिलालाई बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का २६ वर्षीय भक्त सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो एक महीनामा चार जना महिला जबर्जस्ती करणीको शिकार भएका छन् । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: