Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अबदेखि मन्त्रिपरिषद्का निर्णय तत्काल सार्वजनिक नहुने

काठमाडौं, कार्तिक २५ । मन्त्रिपरिषद्का निर्णयहरु सरकारले तत्काल जानकारी नगराउने भएको छ । आज (आइतबार) साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो ।

अब देखि मन्त्रिपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यसअघि विशेष अवस्थामा बाहेक महत्वपूर्ण निर्णयहरु मन्त्रिपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: