Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शुरु नहुँदै अनलाईन शेयर प्रणालीप्रति चर्को आक्रोश, लगानीकर्ताले निकाले विज्ञप्ती

अनलाईन शेयर कारोबार प्रणाली प्रभावकारी रुपमा नचलेको भन्दै शेयर बजारका लगानीकर्ताहरूले आपत्ति प्रकट गरेका छन्।

सेवा सुचारू भएको ५ औं दिनसम्म पनि प्राबिधिक त्रुटी सम्बोधन नभएको र सरकारी निकायबाट सत्य तथ्य सूचना लगानीकर्तामा प्रवाह नगरिएको भन्दै नेपाल इन्भेष्टर्स फोरमले गहिरो चिन्ता व्यक्त गरेको छ ।

फोरमले आइतबार एक विज्ञप्ति जारी गर्दै १४ खर्ब ५० अर्व भन्दाबढि पूँजीकरण भएको बजारमा हचुवाको भरमा अनलाईन भित्र्याईनु गंभिर गल्ति भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यथाशक्य छिटो प्राविधिक समस्या हल गरेर प्रभावकारी अनलाईन कारोबार सुचारू गर्न फोरमले अपिल समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: