Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मेस्सीको दुई गोलले जोगाउन सकेन बार्सिलोनालाई, रियाल बेटिससँग ४–३ ले पराजित

काठमाडौं, कात्तिक २६ । स्पेनिस लिग फुटबलमा गएराति बार्सिलोना पराजित भएको छ ।

तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई रियाल बेटिसले ४–३ ले हराएको हो । चोटमुक्त भएर मैदान फर्किएका लिओनल मेस्सीले दुई गोल गरे पनि बार्सिलोनालाई आफ्नै मैदानमा पराजित हुनबाट जोगाउन सकेनन् । हारको बाबजुद बार्सिलोना स्पेनिस लिगको अंक तालिकाको शीर्ष स्थानमै छ ।

१२ खेलबाट उसको २४ अंक छ । समान खेलबाट २३ अंक जोडेको सेभिया दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको एथ्लेटिको मड्रिड र चौथो स्थानको डेपोर्टिभो अलाभेजको पनि समान २३–२३ अंक छ । २० अंक जोडेको रियाल मड्रिड भने छैटौं स्थानमा छ ।

गएराति भएको खेलमा रियाल मड्रिडले सेल्टा भिगोलाई उसैको मैदानमा ४–२ ले हरायो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: