Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोठालो गएकी १३ वर्षीया बालिका मृत अवस्थामा फेला

गाईघाट, कार्तिक २६ ।

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा  दुर्इ दिनदेखि हराएकी १३ वर्षीया बालिका अाइतबार दिउँसो २ बजे मृत अवस्थामा फेला परेकी छन् ।

मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जंगलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् ।

उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताए । मृतकका बुबा खड्काका अनुसार केही व्यक्तिले बलात्कारपछि छोरीको हत्या गरेको दावी गरे ।

गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: