Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विद्यालयमा अज्ञात समूहद्वारा तोडफोड, लाखौँको क्षति

दार्चुला, कात्तिक २६ ।

मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ ।

विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे ।

सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले विद्यालयमा भएको क्षतिबारे थाहा पाइएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिए । विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सीलगायत सामग्री तोडफोड हुनाका साथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालयसमेतको ताला तोडिएको उनले बताए ।

उक्त सामग्री तोडफोडबाट विद्यालयको झण्डै रु दुई लाख ५० हजार भन्दाबढी क्षति भएको अनुमान गरिएको छ ।प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र सङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताए । तोडफोड गरिएका कम्प्युटरलगतय उपकरण काम नलाग्ने अवस्थामा छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: