Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युवाको नेतृत्वमा संकलित ४० लाखबाट सामुदायिक भवन निर्माण

बलेवा, कात्तिक २६ ।

जिल्लाको काठेखोला गाउँपालिका–८ का एक युवाको नेतृत्वमा संकलित रकमबाट सामुदायिक भवन निर्माण गरिएको छ ।

उक्त भवनका लागि लेखानीका लालबहादुर रोकाले हजुरबुबा भीमबहादुरको स्मृतिमा रु १२ लाख ४० हजार लगानी गरेपछि लेखानी युके समाजबाट रु १२ लाख, सिंगापुरमा बसोबास गर्दै आएका नेपालबाट रु ८७ हजार र स्थानीय सङ्घसंस्थाबाट रु १२ लाख सङ्कलन भएको थियो । भवन निर्माणका लागि स्थानीयवासीले रु ८१ हजार बराबरको श्रमदान गरेका वडाध्यक्ष चित्रकला छन्त्यालले बताए ।

व्यक्तिगत रुपमा धेरै रकम सहयोग गर्ने लालबहादुरका हजुरबुबाकै नाममा सो भवन ‘भीमबहादुर रोका स्मृति भवन’नामाकरण गरिएको छ ।

“गाउँमा आवश्यक पर्ने सबै खाले सामाजिक कामका लागि उपयोग हुने गरी भवन बनाइएको हो । गण्डकी प्रदेशका काङ्ग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले सो भवन उद्घाटन गरेका थिए । भवन निर्माणका लागि यहाँ दलित समुदायले पनि श्रमदान र नगद सहयोग गरेका थिए ।

भवन बनेपछि वडास्तरका सामाजिक कार्यक्रम, आमा समूह, नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्चका कार्यक्रम सञ्चालक गर्न सहज भएको छ । यसका साथै उक्त गाउँपालिकाले भूमेचउरमा भ्यूटावरसमेत बनाएको छ । यो टावरबाट लेखानीसहित बिहुँ, रेश र अन्य गाउँको दृश्य पनि देखिन्छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: