Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

५९ वर्षमै भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन

काठमाडौं, कार्तिक २६ ।

भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको सोमबार बिहान ५९ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सर पीडित अनन्तकुमारले बिहान ४ बजे अन्तिम सास फेरेका थिए । उनको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी गत अक्टोबरमा अमेरिकाको न्यूयोर्कमा उपचार गराएर फर्केका थिए । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनकै घरमा राखिएको छ ।

अनन्तकुमारको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । मोदीले उनलाई भाजपा संगठनको ठूलो पूँजी रहेको बताएका छन् ।

राष्ट्रपति रामनाथ कोबिन्द, काँग्रेस आइका अध्यक्ष राहुल गान्धी लगायतले शोक ब्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: