बालिका र युवतीमाथि सामूहिक बलात्कार

लहान, कात्तिक २६ ।

सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् । पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

याे पनि पढ्नुस  १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेका ८ बलात्कारी पक्राउ

बलात्कार घटनामा संलग्न रहेका सातै जना फरार रहेको र उनीहरूको विशेष प्रहरी परिचालन गरी तीव्रगतिमा खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चार जनाको नाम नखुलेको प्रहरीको भनाइ छ ।

याे पनि पढ्नुस  देउसी खेल्न हिँडेका किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा नेविसंघका २ नेता पक्राऊ

लहानका हरि चौधरीले मेरो बर्थ डे हो बर्थ डे पार्टीमा आउनुपर्यो भनी बोलाएको र उनको घरमा पुगेका बेला आफूहरुमाथि सामूहिक बलात्कार भएको पीडित युवतीले बयान दिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

अवैध सामान सहित मोटरसाइकल बरामद

प्रहरीले सिरहा नगरपालिकाको माडरबाट करीब रु एक लाख मूल्य बराबरको अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ ।

याे पनि पढ्नुस  बलात्कारको चार दिनमा नै गर्भ रहेको पाइएपछि

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीको टोलीले भारतबाट मोटरसाइकलमा अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा रहर दाल, चिप्स, फर्चुन तेल, मसाल तेल, मखन, रजनीगन्धा, पानपरागलगायतका सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्