तीन देशमा राजदूत सिफारिसमा भारतका नीलाम्बर आचार्य

काठमाडौं, कार्तिक २६ ।

नेपाल सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । लामो समयदेखि खाली रहेको भारतको लागि राजदूतमा पूर्वमन्त्री एवं संविधानविद् नीलाम्बर आचार्य सिफारिसमा परेका छन् ।

आचार्य नेपाल–भारत सम्बन्ध सुधारका लागि गठित प्रवुद्ध व्यक्ति समूहका सदस्य पनि हुन् ।

याे पनि पढ्नुस  भारतद्वारा निलाम्बर आचार्य राजदूतका लागि स्वीकृत

यसअघि भारतका लागि राजदूतमा मन्त्रिपरिषद्ले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई नियुक्तिको सिफारिस गरेकोमा संवैधानिक निकायको प्रमुख भइसकेको व्यक्ति नियुक्त गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण उनको नियुक्ति स्थगन गरिएको थियो । नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायले दिल्ली छाडेर प्रतिनिधि सभाको निर्वाचन लड्न आएदेखि भारतमा राजदूत खाली छ ।

याे पनि पढ्नुस  भारतको आवासीय राजदूतमा आचार्य नियुक्त

मन्त्रिपरिषद् बैठकले मलेसियाका लागि उदयराज पाण्डे र यूएईका लागि कृष्णप्रसाद ढकाललाई राजदूत सिफरिस गरेको छ । उनीहरुको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि एग्रिमो स्वीकृतिका लागि सम्बद्ध देशमा पठाइनेछ । एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।

याे पनि पढ्नुस  राजदूत आचार्य भन्छन्, ‘नेपाल–भारत सम्बन्ध चिसिन दिने छैन’

यद्यपि मन्त्रिपरिषद्को निर्णय भने औपचारिक रुपमा जानकारी दिइएको छैन । मन्त्रिपरिषदले आइतबारै अर्कै व्यवस्था गरेको छ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्