Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सन्दीप लामिछाने र सोमपाल कामी पिएसएलको ड्राफ्टमा

काठमाडौं, कार्तिक २६ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका होनहार दुई खेलाडीहरु सन्दीप लामिछाने र सोमपाल कामी पाकिस्तान सुपर लिग पिएसएलको ड्राफ्टमा परेका छन् ।

पाकिस्तान सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्टमा सन्दीप र सोमपाल अटाउन सफल भएका हुन् । नेपालका सर्वाधिक सफल ब्यवसायीक खेलाडी सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका छन् ।

त्यसैगरी सोमपाल विदेशी खेलाडीको कोटा अन्तर्गत सिल्भर समूहको ड्राफ्टमा परेका छन् । १७ फेब्रुअरी देखि १७ मार्चसम्म हुने पिएसएलको ड्राफ्ट आगामी २० नोभेम्बरमा हुनेछ । पिएसएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सन्दीपले इन्डियन प्रिमियर लिगमा खेल्न पाएपछि थुप्रै टी–२० लिग खेलिसकेका छन् । सोमपालका लागि यो अन्तर्राष्ट्रिय राम्रो अवसर हो । एजेन्सीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: