Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्रिपरिषद्का निर्णय अड्कलेर नयाँ प्रबन्धबाट सार्वजनिक गरिने

काठमाडौँ, कार्तिक २६ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेका निर्णयबारे  नेपाल सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

उनले भने, “लामो समयपछि मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।” मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा आइतबार विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: