Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कांग्रेसभित्रै घेराबन्दीमा देउवा, सुजाताको लन्च मिटिङमा डाकिएन देउवा पक्ष

काठमाडौं, कार्तिक २६ ।

नेपाली काँग्रेस पार्टी सञ्चालनमा सभापति शेरबहादुर देउवाको भूमिका कमजोर भएको निष्कर्ष निकाल्दै देउवा इतर समूह एकजुट भएको छ ।

प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर हुँदै गएको र कम्युनिष्टसँग जुध्न सशक्त भूमिकाको खाँचो औंल्याउँदै नयाँ शिराबाट पार्टी लैजान आठ मूख्य नेताहरुको समूह एकजुट भएको हो ।

यसकै लागि सोमबार बिहान पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी पुत्री केन्द्रीय सदस्य सुजाताको घरमा लञ्च मिटिङ भएको छ ।

उक्त लञ्च मिटिङमा सुजातासंगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, रामशरण महत र डा शेखर कोइराला सहभागि थिए ।

सो समूहमा कृष्णप्रसाद सिटौला छुटेका छन् । सिटौलालाई समेत समेटर एउटै गुट बनाउने तयारी भए पनि विशेष कारणले उनी सहभागी नभएको बताइएको छ । देउवा इतर समूह बलियो हुनुपर्छ भन्नेमा सिटौला भएपनि उनी कारणवश नगएको बताइएको छ। यसअघि निरन्तर कम्युनिष्टसंग जुध्ने शक्ति चाहिने भन्दै मिटिङमा रहेका सिटौला लञ्च मिटिङमा छुटेका हुन् ।

पार्टीलाई बलियो बनाउनु पर्छ भन्दै अर्जुन नरसिंह केसीले निरन्तर प्रयास गर्दै आइरहेका छन् । केसी देउवा ग्याङबाट छुट्टिएका हुन् ।

त्यस्तै महामन्त्री डा शशांक कोइराला पहिले खुलेर नदेखिए पनि अब खुलेर देखिने भएका छन् ।

त्यसैगरी लञ्च मिटिङमा प्रकाशमान सिंहसमेत देखिँदा यसले नयाँ तरङ्ग र एकता ल्याएको छ । देउवा पक्षले पार्टीमा कुनै असमझदारी नरहेको बताइरहँदा बनेको नयाँ गठबन्धनको सन्देश स्पष्ट देखिएको छ । यसले आसन्न महासमिति बैठकलाई समेत प्रभाव पार्ने देखिएको छ । हाम्रोकुराबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: