Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पैदलयात्रीलाई ठक्कर दिइ फरार चालक पक्राउ

भक्तपुर, कात्तिक २६ ।

गत २२ गते अपराह्न ४ बजे एक पैदलयात्रीलाई ठक्कर दिइ फरार रहेको एक निजी सवारीसाधन र चालकलाई प्रहरीले चार दिनको अनुसन्धानपछि सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठक्कर दिने बा१४च १९५९ नं गाडी र सोही गाडीका चालक दोलखा कालिञ्चोक गापा वडा नं ४ बस्ने २० वर्षीय सुरोज थापालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

उक्त सवारी साधनले २२ गते मध्यपुरथिमि नपा–१ लोकन्थलीमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदा रामेछाप खाँडादेवी गापा–७ डाँडाखर्क घर भई हाल काठमाडौँ दक्षिणकाली नपा– १ बस्ने ५९ वर्षीय सोमबहादुर तामाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

ठक्कर दिइ फरार रहेको सवारीसाधन र चालकको नम्बरसमेत पहिचान हुन नसकेको अवस्थामा प्रहरीले गरेको अनुसन्धानका आधारमा चार दिनमा ठक्कर दिने सवारीसाधन र चालकलाई मध्यपुरथिमि– ४ चारदोबाटोबाट पक्राउ गरेको पोखरेलले जानकारी दिए ।

पक्राउ परेका चालकलाई सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: