Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अन्तरिक्ष र जनताको रक्षा गर्नु आजको चुनौतीः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, कार्तिक २६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई सोमबार सम्बोधन गर्दै मन्त्री बाँस्कोटालेभने, ‘प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो ।’

उनले मानवजाति र प्राणीको रक्षार्थ देशलाई समृद्ध बनाउन आआफ्ना क्षेत्रबाट सक्रिय हुनुपर्ने बताए । मन्त्री बाँस्कोटाले अन्तरिक्षको रक्षाले विश्व मानवको जीवनचक्र चलिरहने र मानव रक्षाले अधिकारको सम्मान हुने बताए । उनले भने ‘अन्तरिक्ष नहुँदा प्रविधि र मानव जाति सङ्कटमा पर्छ, यसका लागि पनि मानवजातिको रक्षा प्रमुख आवश्यकता हो ।’

उनले धर्म, संस्कृति र राजनीतिको लक्ष्य न्याय, समानता, प्रगति, सद्भाव, प्राणीजातिको रक्षा भएकाले विविधतामा एकता भएको नेपालमा रहनुमा गर्वित हुनुपर्ने बताउँदै नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराउने घटना भइरहेकामा दुःख व्यक्त गरे । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: