Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘ठग्स…’ले निराश भएका आमिर अभिनय छाड्ने सोचमा

बलिउड इतिहासमा कीर्तिमानी बन्ने आकलनका साथ रिलिज भएको ‘ठग्स अफ हिन्दोस्तान’ले रेकर्डतोड ओपनिङपछि बक्स अफिसमा पानी नमागेपछि यस चलचित्रमा नायक रहेका बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खानले अभिनयबाट केही समय विश्राम लिने सोच बनाएको खुलासा भएको छ ।

भारतको सबैभन्दा ठुलो चाड मानिने तिहारको समय पारेर रिलिज भएको यस फिल्मको पहिलो दिनको कमाइ र आमिरका फिल्महरूको कमाइको ट्रेण्ड हेर्दा यसले चार दिनको विस्तारित सप्ताहान्तमा १५० करोडमाथि सजिलै कमाइसक्नुपर्ने हो । तर रिलिज भएयता निरन्तर खस्किरहेको यस फिल्मको कमाई ११८ करोड ७५ लाख मात्र रहेको बताइएको छ ।

यसका निर्माता र सम्बद्ध पक्षका लागि सबै भन्दा चिन्ताको विषय त यसको व्यापारको खस्किंदो दर हो । बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार यसको पहिलो दिनको तुलनामा दोस्रो दिन लगभग ४५ प्रतिशतले खस्केको यसको व्यापार दोस्रो दिनको तुलनामा तेस्रो दिनसम्म पुग्दा अझ २० प्रतिशतले खस्केको छ । यसरी आकलन गर्दा यस चलचित्रले २०० करोड कमाउन पनि मुस्किल देखिन्छ । सामान्य बलिउड फिल्मका लागि यो निकै ठुलो रकम भएपनि लगभग ३०० करोड लगाएर बनाइएको आमिर-अमिताभ अभिनित ‘ठग्स’का लागि भने यो अपर्याप्त कमाइ हुनेछ ।

उता आमिरलाई भने फिल्म सोचे अनुरुप राम्रो नबनेको कुराको पहिल्यै आभास भइसकेको अनुमान गर्न थालिएको छ । विगतका दिनमा गजनी, थ्री इडियट्स, पिके र दंगलजस्ता चलचित्रहरूबाट बलिउडमा नयाँ नयाँ रेकर्ड राख्न्न सफल आमिर खान सधैं आफ्ना चलचित्रको प्रचार प्रसारमा विशेष समय दिने गर्दथे । सम्बद्ध स्रोतहरू अनुसार यस पटक भने आमिरले खासै समय नदिएकाले उनलाई फिल्म गतिलो नबनेको आभास भइसकेको भारतीय मिडियाले जनाएको छ ।

आमिरले अब अभिनयबाट केही समय विश्राम लिने र निर्माणमा समय दिने बताइएको छ । अहिले उनी आफ्नो ‘ड्रिम प्रोजेक्ट’ महाभारतका लागि काममा व्यस्त भैसकेको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: