Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गाजा पट्टीमा भड्कियो हिँसा, ६ जनाको गयो ज्यान

तेल अबीब, कार्तिक २६ । गाजा पट्टीमा भएको संघर्षमा सोमवार बिहानै भएको गोलीबारीमा छ जनाको ज्यान गएको छ । प्यालेस्टाइनी अधिकारीहरूका अनुसार इजरायली सेनाको अभियानका क्रममा भड्किएको उक्त हिंसामा हमासको स्थानीय शाखाका एक जना कमान्डरको समेत ज्यान गएको छ ।

इजरायली सेनाले भने गोली चलेको स्वीकार गरेपनि के कति हताहती भएको भन्नेबारे विस्तृत विवरण आई नसकेको जनाएको छ । प्यालेस्टाइनी अधिकारीहरूले उक्त घटना दक्षिण गाजा पट्टीको खान युनुस क्षेत्रमा भएको बताएका छन् । गाजाका स्वास्थ्यमन्त्रलयका प्रवक्ता असरफ अल-कुद्रले यस घटनामा छ जना प्यालेस्टाइनी मारिएको बताएका छन् । मारिनेहरूमा हमासको सशस्त्र एकाई ‘एजेदीन अल-कासम ब्रिगेड’का एक स्थानीय कमान्डर समेत रहेको जनाइएको छ ।

उक्त संघर्षपछि दक्षिण इजरायलमा रकेट हमला भएको जनाउने साइरन बजेको जनाइएको छ । इजरायली सेनाका प्रवक्ता जोनाथन कोनरिक्सका अनुसार अभियानमा गएका सबै सैनिक फिर्ता आइसकेका छन् ।

अमेरिकाले येरुसलेममा नयाँ दूतावास खोलेको विषयलाई लिएर गत मे महिनामा पनि गाजामा हिंसाक संघर्ष भएको थियो । यसपछि यहाँ इजरायलले गरेको गोलीबारीमा लगभग ६५ जना प्यालेस्टाइनी मारिएका थिए । यस घटनामाथि प्रतिक्रिया दिंदै इजरायली सेनाले आक्रमण र घुसपैठ रोक्न जुनसुकै बेला पनि गोल्ली चलन्सक्ने बताएको थियो ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: