Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुरक्षाको पहुँच विस्तार गर्न प्रहरी चौकी थप हुन्छन्- गृहमन्त्री

म्याग्दी, कार्तिक २६ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुरक्षाको पहुँच विस्तारका लागि प्रहरी चौकी थप गर्ने बताएका छन् । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । साथै, उनले कालोबजारी नियन्त्रणका लागि सरकार सशक्तरूपमा अघि बढिरहेको बताए । यस्तै। गृहमन्त्री थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताए ।

उनले मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने उल्लेख गरे । गृहमन्त्री थापाले जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिए।

विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको उल्लेख गर्दै उनले मदिरा र लागूऔषध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह र समुदायसँग समन्वय गरेर अभियान सुरु गरेको बताए ।

म्याग्दीको पर्यटन र जलविद्युत् क्षेत्रको प्रचुर सम्भावनालाई समृद्धिमा रूपान्तरणका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनार्इ थियो । उनले हिमालै हिमाल भएर पनि म्याग्दी हिमाली जिल्ला घोषणा हुन नसक्दा कर्मचारी आउनै नमान्ने र आएपछि सरुवा भइहाल्ने कारण उत्पन्न कर्मचारी अभावको समस्या समाधानका लागि नीतिगत पहल गर्ने आश्वासन दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: