Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एआरटी खाँदै संक्रमित

डोटी, कत्तिक २६ ।

डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् ।

नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ । औषधि सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि आफूहरु लगातार रुपमा एआरटी नामक औषधि खान थालेको एआरटी औषधि खाइरहेका संक्रमित एक युवाले बताए । उनले भने, “जानअन्जानले गल्ती भयो, सहज जीवनयापन का लागि औषधि खान थालेको छु ।”

आर्थिक वर्ष २०७४-७५ सम्ममा एचआइभी÷एड्सले डोटीमा १११ को ज्यान गएको जिल्ला अस्पताल डोटीले जनाएको छ । आव २०७१-७२ मा एचआइभीले मृत्यु हुनेको सङ्ख्या ८७ रहेकोमा आव २०७३-७४ मा ९४ पुगेको थियो । जिल्लाका ९३१ संक्रमितमध्ये ७१५ ले एआरटी सेवन गरिरहेको जिल्ला अस्पताल डोटीका डा गिरिश अवस्थीले जानकारी दिनुभयो । आव २०७१-७२ मा एआरटी सेवन गर्ने ४३१ थिए । आव २०७२-७३ मा सो संख्या ५१२ पुग्यो । डोटीमा खासगरी कामको सिलसिलामा भारत जाने पुरुषले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कका कारण उनीहरुबाटै एचआइभी संक्रमण हुने गरेको सो क्षेत्रमा काम गर्ने संस्था बताउँछन् ।

संक्रमितबाट तिनका श्रीमतीसमेत संक्रमित हुने हुँदा तिनका सन्तानम समेत त्यसको असर परेको बताइन्छ । सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली तथा डोटीमा एचआइभी संक्रमितको सङ्ख्या अरु जिल्लाभन्दा बढी भएको सरोकारवालाको भनाइ छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: