आश्मा र सरोजको जोडी तोडियो, आश्माले सन्नी रोजिन् !

काठमाडौं, कार्तिक २६ । कार्टुन क्रियुमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको जोडीको खुब जमेको थियो । तर अब यो जोडीलाई देख्न नपाइने भएको छ । आश्माले सरोजको साथ छोडेपछि एकै ठाउँमा अब यो जोडीलाई देख्न नपाइने भएको हो । अब उनले सन्नी सिंहसँग सहकार्य गर्ने भएकी छन् ।

याे पनि पढ्नुस  चर्चामा स्मिता दाहाल, भाइरल हुँदै ‘पानी कुवाको’ गीत

पछिल्लो सिरिज ‘ट्वान्टी फस्र्ट लभ’को सफलतासँगै मिडिया स्केपले सरोज र आश्माको जोडी तोडिदिएको हो । यो कम्पनीले अर्को सिरिज ‘यू एण्ड मी’ निर्माण गर्ने भएको छ । यहि सिरिजमा आश्मा र सन्नी जोडीका रुपमा प्रस्तुत हुने भएका हुन् ।

टेलिभिजन र युट्युवमा आउने उक्त सिरिजको टिजर, ट्रेलर पनि निर्माण टिमले सार्वजनिक गरेको छ । सिरिज कहिलेबाट प्रसारणमा आउँछ भन्ने कुरा भने सार्वजनिक भएको छैन् । निर्देशक सरिन पोख्रेलले युवा वर्गलाई लक्षित गरेर दुई पुस्ताको पारिवारिक माया प्रेम, कमेडी र सामाजिक जनचेतनाका कुरालाई समेट्दै सिरिज तयार गर्न लागिएको बताए ।

याे पनि पढ्नुस  चर्चामा स्मिता दाहाल, भाइरल हुँदै ‘पानी कुवाको’ गीत

कमेन्ट गर्नुहोस्