Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

क्यू एण्ड यू फर्निचरले ग्राहकलाई धोका दियो

काठमाडौं । तपाइँले अत्यन्त आवश्यक परेको कुनै सामान अर्डर गर्नुभयो र तोकिएको समयमा लिन जाँदा त्यो अर्कैलाई बेचेको थाहा भए के गर्नुहुन्छ होला ? पसलेसँग झगडा गर्नुहुन्छ होला हैन ?

तर पसलले तपाइँको गुनासो सुनेर तत्काल सामान उपलब्ध गराउनुको साटो एक महिनापछि मात्रै अर्डर गरिएको सामान दिने कुरा गर्यो भने नि ? आफै कल्पना गर्नुस् तपाईको मनस्थिति त्यो बेला कस्तो होला ?

काठमाडौंको एउटा प्रतिष्ठित सुपरमार्केटमा रहेको क्यु एण्ड यू फर्निचरले अहिले यस्तै व्यवहार गरेपछि उपभोक्ता आक्रोशित बनेका छन् । हामीलाई प्राप्त जानकारी अनुसार, फर्निचरले एकजना ग्राहकसँग पेमेन्ट नै लिएर एकसातापछि सामान लिन भनेर पनि सामान अर्कैलाई बेचेको हो ।

सुन्दा सामान्य लागेपनि घरमा अत्यन्तै जरुरी परेर अर्डर गरिएपनि सात दिनपछि सामान लिन जाँदा फर्निचर पसलले उक्त सामान अर्कैलाई बेचेको र एक महिनापछि मात्रै उपलब्ध गराउन सकिने बताएको हो ।

‘धोका दिनुको पनि सीमा हुन्छ नि, शुरुमा चिल्लो कुरा गर्ने, पैसा हात परेपछि भने धोका ?’ नाम बताउन नचाहने ती ग्राहकले भने, ‘जे गरे पनि हुन्छ भन्ने मानसिकता राखेर यस्तो गर्नु सरासर लूट हो ।’

कम्पनीको फेसबुक पेजमा यो फर्निचर शो रुम भनेको घरजस्तै भएकोले जो पनि आएर खेल्न सक्ने’ लेख्दै भिडियो पोष्ट गरेपछि धेरै ग्राहक आकर्षित भएको देखिन्छ । तर शोरुमको व्यवहार हेर्दा भने ठ्याक्कै उल्टो पाएको ती ग्राहकले बताए ।

हङकङमा प्रचलित फर्निचर सामान काठमाडौंमा ल्याएर बिक्री गर्ने यो शोरुम गत वर्ष नक्सालस्थित भाटभटेनी सुपरमार्केटको पाँचौ तलामा रहेको छ । शो रुमले गत वर्ष भदौ दोश्रो साता निकै तामझामका साथ शोरुम शुरु गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: