Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अनन्त र विप्लव आमुन्ने सामुन्ने, के भने त जनयुद्धका सहयात्री विप्लवलाई ?

रोल्पा, कार्तिक २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीति गर्न सुझाव दिएका छन् ।

सोमबार लिबाङमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पुनले विप्लवलाई पुरानै तरिकाको युद्धबाट सम्भव नभएको सुझावसमे दिए । मन्त्री पुनले भने, ‘शान्तिपूर्ण राजनीति गर्नुस् । जनमत बनाएर सरकारलाई कन्भिन्स गर्नुस्, संविधान संशोधन गर्न सकिन्छ, पुरानै तरिकाको युद्धबाट सम्भव छैन ।’

मन्त्री पुनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आए नेतामाथिका मुद्दा खारेज गर्न सकिने प्रस्ताव राखेका हुन् । ‘हतियार उठाएका कतिपय शक्तिसँग त सरकारले वार्ता गर्न तयार छ । विप्लवजीहरुले त अझै हतियार उठाइसक्नु भएको छैन । वार्तामा बसेर असहमति टुंग्याउन सकिन्छ’, मन्त्री पुनले भने, ‘वार्तामा बस्ने हो भने विप्लवलगायतका नेतामाथिका मुद्दा खारेज गर्न सकिन्छ ।’

विप्लव नेतृत्वको नेकपाबाट ठाउँठाउँमा हतियार प्रदर्शन, तालिम, केही अपराधिक काम र चन्दा असुली भइरहेकोमा मन्त्री पुनले आपत्ति जनाए । संविधानप्रतिको र विगतको परिवर्तन संस्थागत गर्ने सन्दर्भका असन्तुष्टि वार्ताबाट समाधान गर्न सकिने मन्त्री पुनले जोड दिदै भने, ‘परिवर्तनविरोधी घरेलु र अन्तर्राष्ट्रिय शक्तिबाट विप्लव नेतृत्वको नेकपा प्रयोग हुनु हुँदैन ।’ नेपाल सरकारको मन्त्रिमण्डल हेरफेर हल्ला मात्र भएको मन्त्री पुनले दावी गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: