युवाको परिचालन बिना समृद्धि असम्भवः नेता शर्मा

रुकुम, कार्तिक २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभावकर’ ले अबको आन्दोलन विकास र उत्पादनको भएको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको सोमबार उद्घाटन गर्दै उनले राजनीतिक आन्दोलन पूरा भएको बताए।

‘नेपालमा लामो समय राजनीतिक आन्दोलन चल्यो र निष्कर्षमा पुग्यो’ उनले भने, ‘अबको आन्दोलन भनेको विकास र उत्पादनको हो ।’ विकास र उत्पादनसँगसँगै अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।

याे पनि पढ्नुस  ‘राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छ’

त्यस्तै उनले यस आन्दोलनको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । युवाको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने उनको भनार्र्र्इ छ । ‘युवाहरु देशका खम्बा हुन्, उनीहरुलाई स्वदेशमै श्रम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ, युवाहरु लागे भने देशले समृद्धि हासिल गर्न समय लाग्दैन’ उनले भने।

याे पनि पढ्नुस  विद्युत नियमन आयोगः ऊर्जामन्त्रीद्वारा समिति गठन

राजनीतिक आन्दोलनलाई सफल पार्नका लागि जनताले जीउज्यान दिएर सहयोग गरेको र अब विकास र उत्पादनको आन्दोलनलाई सफल पार्न पनि त्यसैगरी लाग्नुपर्ने बताए । पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले आजैबाट विकास र उत्पादनको आन्दोलनमा जोडिन सबैसामु अपिल गरे । उनले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेशका रुपमा विकास गर्न कर्णाली प्रदेश लागेको जानकारी गराउँदै सरकारको यस अभियानलाई पनि ध्यानमा राखेर उत्पादनमा जोडिन आग्रह गरे ।

याे पनि पढ्नुस  गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

प्रतिनिधिसभाका सांसद समेत रहनुभएका नेता शर्माले पर्यटनलाई पनि उत्पादनसँग जोडेर हेर्नुपर्ने बताए । प्रकृतिले निःशुल्क रुपमा दिएका पर्यटकीयस्थलको सुन्दरतालाई बेचेर त्यसलाई उत्पादनसँग जोड्नुपर्ने उनको सुझाव छ । -रासस

कमेन्ट गर्नुहोस्