Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘भ्वाईस अफ नेपाल’ बाट बाहिरिएका योगेन्द्र, बाहिरिँदा आँशु झर्यो तर कारण अर्कै (भिडियोसहित)

नेपालमा पछिल्लो समय ‘फ़्रेञ्चाईज शो’ को बाहुल्यता निकै बढेको छ ।

गायन विधामा भित्रिएको ‘भ्वाईस अफ नेपाल’ले त नेपालमा एउटा स्ट्याण्डर लेभलको कार्यक्रम पनि गर्न सकिन्छ भन्ने उदाहरण छर्लंग देखिएको छ । डिजिटल राउण्डदेखि ब्लाईण्ड र ब्याटल राउण्ड सकिएसँगै अहिले लाईभ राउण्ड चलिरहेको छ ।

जसअन्तर्गत प्रतियोगी छनौटको काम पनि भइरहेको छ । यस्तैमा राम्रो गायिकी भएपनि योगेन्द्र उपाध्याय बाहिरिएका छन् ।

कोचले सेभ नगरेपछि योगेन्द्र भोटिङमा गएका थिए । तर, उनले आफूसँग भएका अरु २ प्रतिष्पर्धीहरुको पब्लिक रिलेशन केही रुपमा बढी भएको कारण पनि आफू बाहिरिनुपरेको कुरा बताएका छन् ।

योगेन्द्रले ब्लाईण्ड अडिसनमा ४ जना कोचालाई नै आफूतिर फर्काउन सफल भएका थिए ।

रिजल्ट आउट भएपछि उनी स्टेजमै रोएका थिए । तर, आफु रुनुको कारण अर्कै रहेको कुरा माथिको भिडियो कुराकानीमा खुलाएका छन् । उनीमात्र होइन, सबै कोचका आँखा रसाएका थिए ।

हेर्नुस उनीसँग गरिएको कुराकानी यस्तो छ–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: