Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

३ दिनपछि मानसिंह वलीको लाश उठ्यो, कानूनबमोजिम क्षतिपुर्ति दिने सहमति

इलाम, कार्तिक २६ ।

शनिबार बसको ठक्करबाट मृत्यु भएका बबई गाँउपालिका वडा नं ५ बबरपुर निवासी २२ वर्षीय मानसिंह वलिको शव ३ दिनपछि सहमति पश्चात उठाइएको छ ।

कानूनअनुसार मृतकका परिवारलाई क्षतिपुर्ति दिने सहमति पश्चात घरपरिवार तथा आन्दोलनरत स्थानीयले शव उठाउन दिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्तीले जानकारी दिए ।

राप्ती यातायात सेवा प्रालि अन्तर्गत संचालित ना.२.ख.९६३५ नं.को बसले ब्याक गरी जानाजान कर्तव्य ज्यान मारेको घरपरिवारले आरोप लगाएपछि आक्रोशित स्थानीयले लाश उठाउन दिएका थिएनन् ।

शनिबार दाङ जिल्लाको पर्यटकीय क्षेत्र पुरन्धारा झरना पिकनिक स्पटमा पिकनिक खाएर फर्किदै गर्दा वलिलाइ आफ्नै घरअघि गाडीले ठक्कर दिएको थिए । पिकनिकमा नशा सेवन गरेर गाडी चलाएको र जानाजान वलीलाई व्याक गरेर मारेको प्रत्यक्षदर्शी वलीको पत्नी विमला वलीले बताइन् । “घच्याक्क गाडी रोकिंदा के रहेछ भनेर हेर्न जाँदा, श्रीमान्लाई गाडीले हानेको रहेछ” विमलाले भनिन् । “सामान्य चोटपटक लागेको थियो, मेरो श्रीमानलार्इ केही नगर भन्दा ब्याक गरेर मारे ।”

मृतक वलिको ७० बर्षीय हजुरआमा, एक श्रीमित र दुई नाबालक छोराहरु छन् । स्थानीयले उचित क्षतिपुर्ति, बिमला वलीलाई रोजगार, नाबालकको पढाई लेखाई को व्यवस्था गरीनुपर्ने मागसहित स्थानीय आन्दोलित थिए ।

शवको सुरक्षाका लागि व्यापकरुपमा प्रहरी परिचालन गएिको छ भने कुनै पनि बेला झडप हुनसक्ने अवस्था रहेको छ ।

यसैबीच लाश उठाउने र क्षतिपुर्ति सम्बन्धमा अहिले प्रहरी प्रशासन, स्थानीय सरकारका प्रतिनिधिहरु, पीडित पक्षसहितको वार्ता भईरहेको छ । माग पूरा नहुँदासम्म कुनैपनि हालतमा लाश उठाउन नदिने स्थानीयले अडान लिएका छन् ।

ठक्कर दिने गाडीलाई स्थानीयले तोडफोड गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: