Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रक्सी खाएर विमान चलाउने पाइलटको अनुमतीपत्र रद्द

नयाँदिल्ली । विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्द गरिएको छ ।

विमान चलाउनुअघि श्वास परिक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतिपत्र केही समयका लागि सोमबार रद्द गरिएको अधिकारीले जनाएका छन् । एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएको अधिकारीहरुको भनाई छ ।

‘श्वास परिक्षण गर्दा उनले मादक पदार्थ सेवन गरेको पाइयो, त्यसैले नियम अनुसार उहाँको चालक अनुमतीपत्र तत्कालदेखि लागुहुनेगरी तीन बर्षका लागि रद्ध गर्ने निर्णय भएको छ’ एक उच्च अधिकारीले बताए । विमान चालक काथपालियाको अनुमतीपत्र यसअघि पनि सन् २०१७ मा तीन महिना रद्ध गरिएको थियो। सबै विमान चालक र चालक दलका सदस्यहरुलाई कम्तीमा पनि १२ घण्टाभन्दा अगाडि मादक पदार्थ सेवन गर्न निषेध गरिएको छ ।

विगत ४ वर्षमा भारतका विभिन्न विमान सेवा प्रदायक कम्पनीका १५० भन्दा बढी विमान चालकहरु श्वास परीक्षणमा विफल भएपछि उनीहरूमाथि फरक फरक सजाय गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: