Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अध्यक्ष प्रचण्डबाट मंगलबार बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण

काठमाडौं, कार्तिक २७ । सोमबार म्याग्दी पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गरेक छन् । मंगलबार बिहान अध्यक्षले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन गरे ।

त्यसैगरी उनले कालीगण्डकीले कटान गरेको बेनी बजारको तटबन्धको निरीक्षण पनि गरे । त्यसैगरी ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको निरिक्षण गरे । अध्यक्षले मंगलबार बिहान कालीगण्डकी कोरीडोरेको अवलोकन गरे भने म्याग्दीको सबैभन्दा ठूलो धार्मिक पर्यटकीय स्थल गलेश्वर धामको पनि अवलोकन गरेका थिए ।

अध्यक्ष प्रचण्ड मंगलबार बिहान ९ः३० बजे तातोपानी कुण्डमा स्नानका लागि गएका छन् । अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुगेका हुन् । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ ।

तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्ष सहितको टोली बुधबार साँझ राजधानी फर्कने छ । राजधानी फर्कनुअघि बुधबार अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा संचारकर्मीसँग भेटघाट र छलफल गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: