Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अपाङ्ग महिला पत्रकारलाई सम्मानित

काठमाडौं, कात्तिक २६ ।

बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकले अपांगता भएका महिला पत्रकारको प्रोत्साहनका लागि स्थापित गरेको पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी प्रविना गोले पुरस्कृत भएका छन् ।

‘एभरेष्ट टाइम्स साप्ताहिक युके पत्रकारिता पुरस्कार–२०७५’ पहिलो पटक सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चारकर्मी गोले प्रदान गरे । पुरस्कारमा ३५ हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

पुरस्कार प्रदानपछि उपराष्ट्रपति पुनले बेलायतमा बसेर पनि नेपाली पत्रकारिताको विकास र विशेष गरेर अपांग महिला पत्रकारको प्रोत्साहनमा काम गर्नु सह्रानीय रहेको उल्लेख गरे । उनले पत्रकारिताको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा एभरेष्ट टाइम्सका प्रबन्ध निर्देशक दुत पुनले शारीरिकरुपमा कमजोर भएर पनि पत्रकारितामा संघर्ष गरिरहेका महिलाहलाई प्रोत्साहन दिनको लागि पुरस्कारको व्यवस्था गरिएको बताए ।

उक्त पुरस्कारलाई वर्षेनी प्रदान गर्नका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । हरेक वर्ष एकजना अपांग महिला पत्रकारलाई पुरस्कृत गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: