Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चुप लागेर बस्न सक्दैनन यी गाउँपालिका अध्यक्ष, अहिले बाँडे न्यानो लुगा

डडेल्धुरा, उनलाई धेरैले विकासको नामले चिन्छन । वास्तविक नाम भने उमेश भट्ट ।

माओवादी जनयुद्द उत्कर्षमा रहेको बेलादेखि नै राजनीतिमा लागे उनी । सिद्धनाथ बहुमुखी क्याम्पसमा इन्टरमिडियट पढदै गर्दा भूमिगत बने । अहिले भने उनी अजयमेरु गाउँपालिकाका अध्यक्ष बनेका छन् ।

पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराको स्थानीय तहका अध्यक्ष बनेपछि उनी चुप लागेर बसेका छैनन । घरि के घरि के, उनी लागिरहेका छन् ।

शिक्षा, स्वास्थ्य र स्थानीयलाई रोजगारी दिने कुरालाई प्राथमिकतामा राखेको बताउने विकास अहिले भने न्यानो लुगा बाँडेको विषयले चर्चामा छन् ।

पढौं उनका बारेमा प्रकाशित समाचार

डडेल्धुरा, २७ कात्तिक । सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिकाले जेष्ठ नागरीकलाई सम्मानस्वरुप न्यानो कपडा वितरण सुरु गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै एकपछि अर्को जनमूखी काम गरेर सधैं चर्चामा रहेको अजयमेरुले चिसोमा बृद्ध-बृद्धालाई न्यानो लुगा वितरण गरेर पुन चर्चा बटुल्दै छ ।

सोमबार एक कार्यक्रमकाबीच ‘ज्येष्ठ नागरिकसँग जयराज कार्यक्रम ’ अन्तरगत बिगतका बर्षझै यस बर्ष पनि गाउँपालिकाको वडा नम्बर १ का ८१ जनालाई न्यानो लुगा वितरण गरेकाथियो । यस्तै सोही कार्यक्रम अन्तरगत मंगलवार वडा नम्बर २ का १ सय १९ जना वृद्ध–वृद्धालाई न्यानो लुगा वितरण गरिएको स्थानीय सञ्चारकर्मी एलपी पाण्डेले बताए ।

चिसोको सयममा जेष्ठ नागरीको सम्मान स्वरुप प्रतिव्यक्ति २ हजार ५ सय बराबरका बलाङ्केट र टोपी वितरण गरिएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। गत बर्षमा ५ सय जनालाई न्यानो कपडा बितरण गरेकोमा यस बर्ष ५ सय दश जनालाई बितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष भट्टले जानकारी दिए । उनका अनुसार सबै वडामा प्रत्येक जेष्ठ नागरीकलाई सम्मानस्वरुप न्यानो लुगा वितरण गरिने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: